ठाउँ–ठाउँमा पहिरो बिभिन्न सडकखण्ड अवरुद्ध
काठमाडौं । अबिरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा बिभिन्न सडक खण्ड अवरुद्ध भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको मुग्लिङ प्रहरीले जनाएको छ । हिजोदेखि नै खुल्ने र बन्द हुने क्रम चलिरहेकोमा आज बिहान ४ बजेतिर चारकिलोमा पहिरो गएपछि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड सञ्चालनमा आउन आज दिनभर नै लाग्ने भएको छ । तर, लगातार पानी परेको र अरु साना पहिरो खस्ने, रुख ढल्ने भएकाले थप समस्या भएको हो । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड अवरुद्ध भएको हो । अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । डाइभर्सन बगाएदेखि नै मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ ।
लामो समयदेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड पनि अझै सञ्चालनमा आएका छैनन् । सडकखण्डको जबमु, झ्याले, डाकलांगलगायतका ठाउँमा सडक भासिँदा तथा पुल बगाएकाले सञ्चालन हुन नसकेको हो । साँफेबगर मार्तडी सडकखण्ड पनि बन्द नै छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न पनि समय लाग्ने विभागले जनाएको छ । यस्तै कान्ति लोकपथ पनि अझै सञ्चालनमा आएको छैन । पहिरोका कारण अवरुद्ध सडकखण्ड सञ्चालनमा आउन पनि समय लाग्ने भएको छ । यस्तै, बेशी शहर चामे सडकखण्ड पनि अवरुद्ध छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, समाचार
ट्याग : #पहिरो जाँदा बिभिन्न सडक खण्ड अवरुद्ध
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्