सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा १ हजार ३ सय बढ्यो
काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार एकै दिन तोलामा १ हजार ३ सय वृद्धि भएर अहिलेसम्मकै उच्च मूल्य पुगेको छ । बुधबार एकैदिन सुनको मुल्य प्रतितोला १ हजार ३ सय बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य १ हजार ४० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #सुनको मूल्य
ताजा खबर
- १सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- २कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ३तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ४रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह
- ५विदेशबाट मतदान तथा अन्तर क्षेत्र निर्वाचनको कानुनी मस्यौदा तयार, होला त सम्भव ?



तपाईको कमेन्ट लेख्नुहोस्