एमसीसी बिरुद्ध दाङको घोराहीमा युवाहरुको प्रदर्शन
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै दाङको घोराहीमा युवाहरुले विरोध प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरु जम्मा भएर सरकारलाई एमसीसी पारित गर्नबाट रोक्न दवाव मूलक बिरोध प्रदर्शन गरेका हुन् ।
सरकारले १५ जेठमा घोषणा गरेको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित विषय समावेश गरेपछि एमसीसीको विरोधमा विभिन्न कार्यक्रम भइरहेका छन्। प्रदर्शनकारीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै खारेज हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै, कोरोनाको उपचारमा ध्यान नदिएको, क्वारेन्टाइन ब्यवस्थित नभएको भन्दै उनीहरुले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले भौतिक दुरी कायम गरी प्लेकार्ड सहित र्याली गरेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #एमसीसी
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्