पहिलो महिला क्याम्पस प्रमुख जोशीको निधन
काठमाडौं । शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन । काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।
त्यस्तै, उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य पनि थिइन्। १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो। त्यसपछि उनलाई स्तन क्यान्सर समेत भएको भएको थियो । २०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन्।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, साहित्य
ट्याग : #अङ्गुरबाबा जोशी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्