पहिलो महिला क्याम्पस प्रमुख जोशीको निधन
काठमाडौं । शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको छ। छातीमा देखिएको संक्रमणका कारण तीन सातादेखि उनी न्युरो अस्पतालमा उपचाररत थिइन । काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।
त्यस्तै, उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य पनि थिइन्। १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो। त्यसपछि उनलाई स्तन क्यान्सर समेत भएको भएको थियो । २०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन्।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार, साहित्य
ट्याग : #अङ्गुरबाबा जोशी
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्