मौसम परिवर्तनसँग कोरोना भाइरसको कुनै सम्बन्ध छैनः डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ । डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले पृथ्वीको दक्षिण ध्रुवमा जाडो मौसम आउँदा त्यसको कोरोना भाइरसको प्रभाव कस्तो पर्छ भन्ने स्पष्ट नरहेको बताएका हुन् । उनले कोरोना भाइरस जाडो तथा गर्मीमा कस्तो हुन्छ भन्ने पत्ता नलागेको बताए । उनले कोरोना भाइरसको संक्रमण जाडो याममा थप तीव्र गतिमा हुन्छ वा संक्रमणको जोखिम कम हुन्छ भन्ने अहिले भन्न सक्ने अवस्था नरहेको उनले बताए ।
यस्तै पृथ्वीको उत्तरी ध्रुवमा गर्मी यामको आगमनसँगै कोरोना भाइरसमा कस्तो प्रभाव पर्छ भन्ने पनि स्पष्ट नरहेको उनको भनाई छ । यसले गर्दा मौसमले कोरोना भाइरसको प्रभाव कम वा बढी हुन्छ भन्ने भ्रममा नपरी सावधानी अपनाउन डब्ल्यूएचओले सुझाव दिएको छ । महामारीको सुरुमा गर्मी बढ्दै गएपछि कोरोना भाइरसको संक्रमण शिथिल हुने केहीले तर्क गरेका थिए । तर तीव्र गतिमा संक्रमण फैलियो । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सावधानी नै प्रमुख उपाय रहेको डब्लुएचओले लगातार जोड दिँदै आएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार, स्वास्थ्य
ट्याग : #WHO
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्