म्युजिक भिडियोमा जम्दै रन्जित
काठमाडौं । मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन। छोटो समयमै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्न थालेका छन् । आजभोलीका चल्तीका मोडल बनेका छन् पौडेल सर्लाहीका हुन् । बिगत केहि बर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा जम्दै आएका पौडलको अभिनय पनि रुचाइएको छ ।
सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्ने रुची राखेका पौडेल ४ बर्षदेखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका पनि निर्बाह गर्दै आएका छन् । भारतमा गई अभिनय सिकेका उनले बिभिन्न चर्चित नायिकाहरुसँग पनि म्युजिक भिडियो खेलेका छन् । राष्ट्रिय नाच घरबाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जितले दुर्इ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् । पौडेल आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाई पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन ।
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, समाचार, साहित्य
ट्याग : #म्युजिक भिडियो
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्