आजको मौसम कस्तो होला ?
काठमाडौं ४ जेठ । देशका पूर्वी भागमा आंशिक बदली र अन्य भागमा मौसम समान्यतया सफा रहेको छ । यसैगरी दिउँसो पूर्वी भागमा सामान्य बदली, मध्य र पश्चिमी पहाडी भागमा आंशिक बदली र बाँकी भागमा समान्यतया मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान जारी गरेको हो । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
त्यस्तै, पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । यस्तै, राति देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भागहरुमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, पूर्वी भागका एकदुई स्थानमा भने मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित वर्षा हुन सक्ने सम्भावना समेत रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रविधि, समाचार
ट्याग : #मौसम
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्