Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

बजेट पूर्ण ल्याउने अर्थमन्त्रालयको तयारी


काठमाडौं १ जेठ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को लागि पूर्ण बजेट ल्याउने भएको छ । संघीय संसदमा प्रि–बजेट माथी भएको छलफल अधिकांश सासदहरुले अहिलेको अबस्थामा कामचलाउ बजेट ल्याउन सुझाब दिएपनि सरकारले भने पूर्ण बजेट ल्याउने तयारी गरेको हो । कतिपय अर्थशास्त्री तथा सांसदले कोरोना संक्रमणको अनिश्चित परिस्थितिमा सामान्य प्रकारको आंशिक बजेट ल्याउन सुुझाए दिएपनि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूर्ण बजेट नै आउने तयारी गरेका छन् । संसदमा अधिकांश सांसदले कोरोनाको महामारीका बीच पूर्ण बजेट भन्दा पनि आंशिक बजेट नै उपयुक्त हुने भन्दै अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गरेका थिए । तर, अर्थमन्त्री खतिवडाले भविष्यको आकलन गर्ने अधिकतम सोच र विवेक प्रयोग गरेर नै सरकारले बजेट ल्याउने दाबी गरेका छन् ।
अर्थमन्त्री खतिवडाले आर्थिक पुनःउत्थान, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने समेत बताए । अर्थमन्त्री खतिवडाले कोरोनाका कारण आर्थिक क्रियाकलापमा केही शिथिलता आएपनि व्यापार घाटा कम हुँदै गएको, भुक्तानी सन्तुलनको स्थिति सुधार हुँदै गएको दाबी समेत गरेका छन् । सरकारले यथार्थपरक ढंगबाट पूर्ण बजेट ल्याउने र आंशिक बजेटको विषयमा सोचसमेत नराखेको अर्थमन्त्री खतिवडाको भनाई छ । अधिकाशं सत्तापक्ष र प्रतिपक्ष सासदहरुले यो विषम परिस्थीतिमा सरकारले पूर्ण बजेट नल्याउन सुझाव दिएका थिए ।
अर्थमन्त्री खतिवडाले प्रतिनिधि सभामा सासदहरुले उठाएको प्रश्न र सुझाबमाथी उत्तर दिनेक्रममा छलफलबाट प्राप्त सुझावलाई यथोचित ग्रहण गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने बताए । हरेक वर्षको बजेट निर्माण पूर्व यो कार्यक्रमलाई निरन्तरता दिने कि नदिने भनेर तीव्र छलफल हुने गर्छ । खासगरी योजना, अर्थविद् र संविधानविद्हरूले यसलाई निरन्तरता दिन नहुने बताउदै आएका छन । स्थानीय तह एवं प्रदेशको व्यवस्था भइसकेकाले सानातिना काम उनीहरूले नै गर्ने हुँदा कार्यक्रम आवश्यक नरहेको सांसदहरुको भनाई छ । योजना छनोट, बजेट विनियोजन, खर्च र लेखा प्रणालीमा बेथिति देखिदै आएको छ । महालेखापरीक्षकले हरेक वर्षको प्रतिवेदनमा कार्यक्रमको बजेट दुरुपयोगका तथ्य सार्वजनिक गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थमन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्