केही उद्योग खोल्नैपर्छः अर्थमन्त्री खतिवडा
काठमाडौं ३१ बैशाख । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले रोग र भोकबाटै लड्न केही उद्योग सञ्चालन गर्न लकडाउन खुकुलो पार्नुपरेको बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा उठेको सवालको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भोकबाट लड्न लकडाउनमा पनि केही उद्योग खोलिएको बताएका हुन् । केही सांसदले अहिले स्वास्थ्य नै सबै कुरा भएकाले केही उद्योग खोलेकोमा विरोध जनाएपछि खतिवडाले यस्तो बताएका हुन् । आधारभूत स्वास्थ्य सेवा र शिक्षामा राज्यको भूमिका हुनुपर्छ त्यही आधारबाट बजेट अघि बढ्ने उनले बताए । रोग र भोक सँग लड्नुछ यसका लागि पनि आर्थिक क्रियाकलाप अघि बढाउँनै अर्थमन्त्रीको भनाई थियो । उनले आर्थिक क्षेत्र अगाडी बढाएन भने रोजगार कसरी सृजना हुन्छ काम लगाएर राहत दिन पनि आर्थिक क्रियाकलाप बढाउनुपर्ने बताए । खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि सरकारले ल्याउन लागेको बजेट परम्परागत नभएको पनि दाबी गरे ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #अर्थमन्त्री खतिवडा
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्