नेपालमा आयो चिनियाँ सेनाको बिमान, ल्यायो स्वास्थ्य सामग्री
काठमाडौं ३१ बैशाख । नेपालमा मेडिकल सामाग्री र कोरोना जाँच किट अभावको गुनासो बढेपछि चिनियाँ जनमुक्ति सेनाले आफ्नै एयर फोर्समा नेपाली सेनाका लागि स्वास्थ्य सामाग्री ल्याइदिएको छ । बुधबार विहान चीनको चेङ्दुबाट सहयोगबापतको मेडिकल सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स विमान नेपाल आइपुगेको हो ।
चिनबाट मेडिकल समाग्री लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान ९ बजे अवतरण भएको थियो । नेपाली सेनाका लागि मास्क, गगल्स, पीपीई, बुट, बुट कभर, ग्लोब, थर्मोमिटर लगायतका मेडिकल सामाग्री ल्याइएको भएपनि कति परिणामको सामग्री छ भन्ने खुलाइएको छैन । यी स्वास्थ्य सामग्री कोभिड–१९ विरुद्ध लड्न सेनाले प्रयोग गर्नेछ । यसअघि चीन सरकारले नेपाल सरकारलाई समेत विभिन्न मेडिकल सामाग्री सहयोग स्वरुप पठाएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #चिनियाँ सेनाको बिमान
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्