नीति तथा कार्यक्रम जेठ २ गते
काठमाडौं २५ बैशाख । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ । संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७–०७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त पेश गर्ने कार्यतालिका तय भएको हो । प्रि–बजेट छलफल प्रतिनिधिसभामा तीन दिन र राष्ट्रिय सभामा दुई दिने हुनेछ । प्रतिनिसभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रिबजेट छलफल हुनेछ । सरकारले आर्थिक सर्वेक्षण भने जेठ १३ गते पेश गर्ने छ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ । संघीय संसदको अधिवेशन शुक्रबार दिउँसो ४ बजे सुरु हुँदैछ । कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिलायले गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #नीति तथा कार्यक्रम
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्