पछिल्लो २४ घण्टामा भेटिएनन् कारोना संक्रमित
काठमाडौं २५ बैशाख । पछिल्लो २४ घन्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् । नेपालमा हालसम्म ६८ हजार ६ सय २ नमूना परीक्षण भएको छ । जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५ सय ९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । गत २४ घन्टामा १ हजार ४ सय ५१ नयाँ नमूना परीक्षण गरिएको छ । सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ । जसमध्ये प्रदेश १ मा ६ हजार ५ सय ५९ प्रदेश २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकीमा ६ हजार ३ सय ४९, प्रदेश ५ मा ५ हजार ७ सय १३ परिक्षण भएका छन् । त्यस्तै, प्रदेश कर्णालीमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ परीक्षण भएका हुन् । त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १७ हजार ३ सय ७२ पुगेको छ । रेड जोनमा ३ सय ३५ जना पुगेका छन । यस्तै आइसोलेसनमा १ सय ३३ जना छन् भने जसमा उपत्यकाभित्र ३ र उपत्यका बाहिर १ सय ३० जना छन । नेपालमा कोभिड–१९ को हटस्पट देखिएका उदयपुर ५ सय थान किट र वीरगञ्ज र नेपालगञ्जमा थप १–१ हजार किटसहित स्वास्थ्य टोली पठाइएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कारोना संक्रमित
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्