अमेरिकामा ह्वात्तै बढ्यो कोरोना मृत्युदर
काठमाडौं २४ बैशाख । अमेरिकामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या फेरि ह्वात्तै बढेको छ । मंगलबार मुत्यु हुनेको संख्या हजारको हारहारीमा रहेको भएपनि बुधवारबाट फेरि बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । यो अवधिमा २४ हजार ३ सय ४५ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म करिब ७३ हजारले ज्यान गुमाइसकेका छन् ।
यस्तै, बेलायतमा एकैदिन ६ सय ९३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ५ सय ७८ जनाको मृत्यु भएको छ । सोही अवधिमा फ्रान्समा ३ सय ३०, इटालीमा २ सय ३६ र स्पेनमा १ सय ८५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वभर २ लाख ५८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ३७ लाख २८ हजार भन्दा बढी संक्रमित छन् । १२ लाख ४२ हजार सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १एमसीसी खारेज गर्न हर्कराज राईको माग
- २भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ३संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ४सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध
- ५काठमाडौं महानगरले वैशाख १ देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने



तपाईको कमेन्ट लेख्नुहोस्