एनआरएनए अष्ट्रेलियाका पदाधिकारीको अपमानबिरुद्ध एन्जाले निकाल्यो बिज्ञप्ती, सच्चिन चेतावनी
अष्ट्रेलिया २ बैशाख । गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका उच्च पदाधिकारीबाट अष्ट्रेलियामै कार्यरत नेपाली पत्रकारहरु अपमानित भएको भन्दै बिरोध विरोध भएको छ । अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संगठन एन्जाले विज्ञप्ती जारी गर्दै गैरआवासिय नेपाली संघको अपमानको घोर भत्सर्ना गरेको छ । पछिल्लो समय अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका बारेमा दिएको अभिव्यक्तीबारे नेपाली पत्रकारहरुले लेखेको समाचार सामाग्रीलाई लिएर सामाजि संजालमार्फत नेपाली पत्रकारबारे घृणा फैलाउने एनआरएनएका उच्च पदाधिकारीको कदमलाई एन्जाले बिरोध गरेको हो ।

पछिल्लो केही दिनदेखि मुख्यतः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीका सन्दर्भमा दिनुभएको अभिव्यक्ति पछि अष्ट्रेलियामा क्रियाशील रहेका र आफुलाई ठूलो सामाजिक संस्था दावी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, पत्रकारहरुसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको एन्जाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । अष्ट्रेलियामा ३ दर्जन बढी नेपाली पत्रकारहरुले सक्रिय रुपमा पत्रकारित गरिरहेका छन् । उनीहरुले अष्ट्रेलियाका नेपाली भाषी र नेपालका ठुला संचारगृहका लागि समेत कलम चलाउदै आएका छन् । एन्जाका अध्यक्ष हेमन्त काफ्लेले प्रधानमन्त्री मोरिसनले गरेको भाषणबारे समाचार सामाग्री प्रकाशन गर्दा केही नेपाली पत्रकारले अंग्रेजी नै बुझ्दैनन् र समाचारलाई अतिरञ्जित बनाएर नेपाली विद्यार्थी र उनीहरुका अभिभावक माझ संत्रास पैदा गराएको आरोप सहित एनआरएन पदाधीकारी लगायतले आफूहरुबारे भ्रम सृजना गर्न खोजेकाले विज्ञप्ती जारी गर्नु परेको बताए । निष्पक्ष समाचार सामाग्रीलई आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने केही व्यक्ति र संस्थाबाट पत्रकारहरुको अवमूल्यन गर्नेगरी सामाजिक सञ्जालमार्फत भएको अपमानजनक कार्य रोक्न समेत नेपाली पत्रकारहरुको साझा संगठन अष्ट्रेलियन नेपाली जर्नालिष्ट एशोसिएसन (एन्जा) ले जोडदार माग गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #एनआरएनए अष्ट्रेलिया
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्