कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन करिब दुई हजारको मृत्यु
काठमाडौं ३० चैत । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब एक लाख ९ हजार पुगेको छ । रोकथाम र निको हुने भन्दा मर्ने र थप संक्रमित हुने मात्रा बढेपछि कोरोना संक्रमण रोक्न थप चुनौतीपूर्ण भएको छ । पछिल्लो तथ्याङ्क अनुसार १७ लाख ८० हजार भन्दा बढी संक्रमित छन् । यस्तै, चार लाख तीन हजार उपचारपछि निको भइ घर फर्केका छन् । सबैभन्दा ठूलो अशर अमेरिका र युरोपेली मुलुकमा परेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १८ सय ३० जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । यस्तै, बेलायतमा एकैदिन ९ सय १७ जनाको मृत्यु भएको छ भने फ्रान्समा ६ सय ३५, इटालीमा ६ सय १९ र स्पेनमा ५ सय २५ जनाको मृत्यु भएको छ । बेल्जियममा पनि पछिल्लो २४ घण्टामा ३ सय २७ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार, स्वास्थ्य
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्