गेरुवा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा ब्यवसायी धामीले गरे १ लाख बढी सहयोग
काठमाडौं २५ चैत । बर्दिया–कोरोना कोभिड १९ को महामारी रोकथामका लागि गेरुवा गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नं ४ गोविन्दपुरका जनक बहादुर धामीले १ लाख १ हजार सहयोग गरेका छन् । काठमाडौंस्थित हरपल फुड्स प्रालिका अध्यक्ष समेत रहेका धामीले गाउँपालिकालाई उक्त रकम सहयोग गरेका हुन् । व्यवसायी धामीले समस्या तथा आपत्तको बेलामा खाद्यान्न लत्ताकपडा लगायतको सहयोग निरन्तर गर्दै आएका छन् ।
उनी कोरोनाको प्रकोपले बिश्व अर्थतन्त्रमा प्रभाव पारेपनि घरमै बसेर आफूपनि सुरक्षित रहन र अरुलाई पनि बच्न आग्रह गर्छन । कोरोनाको संक्रमणसँगै बढ्दैगरेको लक डाउनले समस्यामा परेकाहरुलाई गेरुवा गाउँपालिकाले समेत राहत वितरण गर्दै आएको छ । कोरोना सङ्क्रमणको जोखिम पूर्वतयारीमा जुटेको गेरुवाले मेगा बैंकमा प्रकोप व्यवस्थापन कोष निर्माण गरी कोषको खातामा आफूले सकेको सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #धामीले गरे १ लाख बढी सहयोग
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्