भृकुटीमण्डपको जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो
काठमाडौं ५ फागुन । स्वदेशमा उत्पादित जुत्ता चप्पलको बजार प्रर्बद्धनका लागि आयोजना गरिएको जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो लागेको छ । बालबालिकादेखि बृद्धबृद्धासम्मको रोजाईमा रहेका जुत्ता चप्पल एकै ठाउँ काठमाडौंको भृकुटीमण्डपमा पाइने भएपछि मेलामा ग्राहकहरुको घुँइचो लागेको हो । नेपालमा उत्पादन गर्ने कम्पनीहरु शिखर शुज, वीएफ डीएरहील, ल्यान्डवाक, रन शुज र शुल्याण्डका उत्पादित जुत्ता चप्पल मेलामा राखिएको छ । करिब दुई हजार मोडलका जुत्ता चप्पल राखिएको छ ।
मेलामा एक सयदेखि एक हजारसम्मका चप्पल र २ सय ५० देखि आठ हजार सम्मका जुत्ता पाइन्छन् । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएको ल्यान्डवाक सौरव श्रेष्ठले जानकारी दिए । नेपाली उपभोक्ताहरुको सरदर आय तथा आमउपभोक्ताहरुको रुचिलाई मध्यनजर गरी उत्पादन गरिएका उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मूल्यमा पाइने आयोजकले दाबी गरेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #जुत्ता चप्पल मेलामा ग्राहकको घुँइचो
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्