Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

किन सञ्चालनमा आउन सकेन तातोपानी नाका


काठमाडौं २४ पुस । २०७२ सालको भुकम्पपछि छोटो दुरीमा पर्ने तातोपानी भन्सार नाका बन्द भयो । सो भन्सार नाका खुलाउन नेपाल सरकारले खासै पहल नगरेकै कारण भन्सार नाका अहिलेसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । सो नाका पूर्णरुपमा सञ्चालनमा ल्याउन नसक्दा बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी मुल्य बृद्धि समेत हुन पुगेको छ । चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका बन्द भएको ४ वर्ष बित्यो । २०७२ सालमा भुकम्पका कारण देखाउदै एकाएक चीनियाँ पक्षले ४ वर्षअघि सो नाकाबाट हुने भन्सारबाट हुने सवै कारोबार ठप्प बनायो । नाका बन्द गरेलगत्तै चीनियाँ पक्षबाट रसुवागढीको केरुङ नाका सञ्चालन ल्याएसँगै अधिकाशं व्यवसायीहरु विस्तापित भए भने बजारमा उपभोग गर्दै आएको चीनियाँ सामानको अत्याधिक मुल्य समेत बृद्धि हुन पुग्यो । पछिल्लो समयमा नेपालमा आयाति सामानको मुल्यबृद्धि हुनुमा भन्सार दरमा परिमार्जन र अर्को ढुवानी भाडा मंहगो परेको सम्बन्धित नाकाबाट व्यवसाय गर्ने व्यवापारीहरुको भनाई छ । अध्यक्ष पौडेलका अनुसार चीनको खासाको जाङ्बुदेखि काठमाडौंसम्म १२० किलोमिटर रहेको र चीनदेखि काठमाडौंसम्म १५ दिनमा सामान आईपुग्ने गरेकोमा अहिले केरुङ नाकाबाट काठमाडौं आउन २२५ किलोमिटर पार गरेर २२ दिनमा सामान काठमाडौं आईपुग्ने गरेको छ । तातोपानी नाका हुँदै सामान आयात गर्दा ४ लाख प्रति गाडी भाडा लाग्थ्यो । अहिले केरुङदेखि काठमाडौंसम्ममा ल्याउनुपर्दा भाडा ५ लाख ५० हजार रुपैयाँ पर्ने गरेको छ । नेपाल सरकारका अधिकारीबाट चीनलाई पटकपटक आग्रह गरेपनि तातो पानी भन्सार नाका भने सञ्चालनमा आउन अझै सकेको छैन । भूकम्पपछि भौगोलिक कारण खतरा रहेको भन्दै चीनले खासाबाट आफ्नो भन्सार कार्यालय हटाएको छ भने त्यहाँको मानवीय बस्ती नै स्थानान्तरण गरेर अन्यत्र लगेका कारण अहिले सो नाका सुनसान छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #किन सञ्चालनमा आउन सकेन तातोपानी नाका

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं