सामाजिक संजाल ट्वीटरद्वारा राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा
काठमाडौं १४ कार्तिक । सामाजिक संजाल ट्वीटरले राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेको छ । ट्वीटरका प्रमुख कार्यकारी अधिकृत जैक डोर्सीले राजनीतिक विज्ञापनले भविश्यमा ठूलो जोखिम ल्याउने सम्भावना देखिएकाले त्यसलाई बन्द गरेको जानकारी दिए । उनले अन्य कारोवारी विज्ञापनलाई भने निर्वाधरुपमा प्रकाशन हुन दिने बताए । उनका अनुसार पछिल्लो समय इन्टरनेटमा विज्ञापनको शक्ति निकै प्रभावकारी हुँदै गएको छ । यसको ठीक विपरित फेसबुकले भने राजनीतिक विज्ञापनलाई बन्द नगर्ने स्पष्ट पारेको छ । ट्वीटरले राजनीतिक विज्ञापन बन्द गर्ने घोषणा गरेपछि अमेरिकामा बिभिन्न प्रतिक्रिया निस्किएका छन् । राष्ट्रपति ट्रम्पका चुनावी प्रचार म्यानेजर ब्रेड पास्कलले यसलाई ट्रम्प र कन्जरभेटिभ पार्टीको मुख बन्द गर्ने प्रयास भएको बताएका छन् । ट्रम्पका प्रतिद्धन्द्धी जो बाइडनका प्रवक्ताले भने यो कदम लोकतन्त्रको पक्षमा रहेको बताएका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार बनेकी हिलारी क्लिन्टनले ट्वीटरको निर्णयको स्वागत गर्दै फेसबुकलाई पनि यस्तै निर्णय गर्न सुझाव दिएकी छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #ट्वीटर
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्