Techie IT
  • २४ माघ २०८१, बिहीबार
KhojPatrika

साना सवारीले खोलेनन् अग्रीम टिकट


काठमाडौं १४ असोज । दशैं आउन करिब दुई साता अघिदेखी लामो दुरीमा चल्ने बसहरुले अग्रिम टिकट बुकिङ खुला गर्छन् । जसको उद्देश्य हो, चाडपर्वसँगै कर्म थलो अर्थात काठमाडौं उपत्यकाबाट जन्मघर फर्किनेहरुको यात्रालाई सहज बनाउनु । लामो दूरीका लागि अग्रिम टिकट बुकिङले यात्रा सुनिश्चित गर्न सजिलो मात्रै गर्दैन, हुलमुलमा ठग्ने र ठगिने जोखिम पनि कम गर्छ । तर मध्यम र छोटो दुरीमा चल्ने साना सवारी साधनको हकमा भने यो नियम ठिक उल्टो छ । काठमाडौंबाट बाहिरिने यात्रुको ठूलो हिस्सा ओगट्ने यस्ता सवारीसाधनको सञ्चालन अपारदर्शी रुपमा हुँदै आएको तथ्य फेला पारेको छ । दशैंमा मनलाग्दी भाडा असुल्नका लागि व्यवसायीले अग्रिम टिकट खुल्ला गर्दैनन भने यात्रु समेत कसरी जाने भन्ने अन्यौलमा पर्नुपर्छ । मध्यम तथा लामो दुरीका सवारी साधन चल्ने, कोटेश्वर, बल्खु, बालाजु, पुरानो बसपार्क लगायतका क्षेत्रबाट चल्ने अधिकांश सवारी साधनले अग्रिम बुकिङ खुल्ला गरेका छैनन् । यात्रु ठग्ने यस क्षेत्रका व्यवसायीले राज्यलाई पनि ठग्दै आएका छन् । बल्खुस्थित पुरानो नारायणी यातायात कम्पनी प्रालीले टिकटको ओरजिनल कपीमा भाडादर नै उल्लेख नगरी यात्रुका लागि मात्रै जारी गरेको यो टिकट मुल्य मनलाग्दी लिएका छन् । यस्तो मनलाग्दी अधिकांश क्षेत्रका माइक्रो र सुमोमा देख्न सकिन्छ । कोटेश्वर र बल्खु क्षेत्रबाट सञ्चालन हुने माइक्रो र सुमो प्राली मातहत सञ्चालन हुन थालेपनि विगतमा संघका नाममा चल्दै आएको सिण्डिकेट र व्यवसायीसँगको मनलाग्दी पैसा असुली अझै रोकिएको छैन । राज्यका कुनै पनि निकायसँग स्विकृती नलिईकन छोटो दुरीको प्रति ट्रिप ५०० सय, मध्यम दुरीको एक हजार र दुर्घटना लगायतको भैपरि आउने समस्या समाधानका नाममा ३ हजार देखी पाँच हजारसम्म संघ बाट प्रालीमा रुरुपान्तरण भएका यातायात कम्पनीले पैसा उठाइरहेका छन् । सिण्डिकेट अन्त्य र अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित गरेको दाबी गर्ने सरकारलाई चुनौती दिने गरेको छ । अग्रिम टिकट नपाएका कारण घर फर्किन समस्या भएको गुनासो यात्रुले गरिरहदा व्यवसायीका पनि आ–आफ्नै गुनासा छन् । यात्रुको चाप बढ्ने बेलामा मात्रै बाटो घाटोको समस्या उठान हुने गरेको छ । बल्खुका सुमो काउन्टर मात्र नभएर कोटेश्वर, कलंकी, बालाजु, चाबहिल, पुरानो बसपार्क लगायतका क्षेत्रमा रहेका साना तथा मध्यम दुरीका काउन्टरबाट यात्रुले अग्रिम टिकट लिन पाएका छैनन । यातायात व्यवसायीले लामो दूरीमा जाने यात्रुको चाप हेरेर बुकिङ खुलाएको बहानाबाजी गरेर मध्यम र छोटो दूरीमा जाने यात्रुलाई अन्यायमा पारेको कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने सरकार, आम यात्रु अहिले यस्तै यस्तै प्रश्न गरिरहेका छन् । यात्रु ठग्ने अनि टिकटको पैसा प्राली वा व्यवसायीले आफू खुसी हिसाब मिलान गरेर राज्यलाई कर तिर्ने दायीत्वबाट समेत भाग्ने । पछि बुकिङ खुल्छ भन्दै अन्तिममा टिकट नै सकियो भन्ने बहाना र डर देखाएर मनलाग्दी भाडा असुल्ने यस्ता व्यवसायीमाथी राज्यले बेलैमा नियमन गरोस् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #sumo

तपाईको कमेन्ट लेख्नुहोस्