जाजरकोटमा पहिरोले घर पूरिदा एकै परिवारका तीन जनाको मृत्यु
जाजरकोट १५ भदौ । जाजरकोटको भेरी नगरपालिका– २ तिमिलेमा पहिरोले घर पूरिदै एकै परिवारका तीन जनाको मृत्यु भएको छ । तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । आज बिहान पौने दुइबजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । पार्वतीका श्रीमान बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुको उद्दार गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #jajarkot pahiro
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्