पोखरामा डेंगुका विरामी बढे
कास्की ४ भदौ । पोखरामा डेंगु संक्रमितको सङ्ख्या बढेर १ सय २१ पुगेको छ । साउनपछि हालसम्म पोखराका विभिन्न अस्तपतालमा डेंगुका संक्रमित विरामीको संख्यामा बृद्धि भएको हो । गण्डकी मेडिकल कलेज, चरक मेमोरियल र फेवासिटी अस्पतालमा डेंगुका विरामीको संख्यामा वृद्धि भएको छ । पोखरा महानगरपालिका ८ वरपरबाट धेरै डेंगेको विरामी भेटिएका छन् । त्यस्तै बडा नंं ९, १० र १७ मा पनि डेंगुका बिरामी भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले जनाएको छ । पोखरामा अहिले लामखुट्टेबाट हुने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि समुदायमा अभियान चलाइएको छ । चिकित्सकका अनुसार संक्रमित लामखुट्टेले टोकेपछि करिब ४८ घन्टाभित्र रगतमा भाइरस फैलिने गर्दछ । त्यही अवस्थामा अर्को लामखुट्टेले बिरामीलाई टोकेर स्वस्थ मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । लामखुट्टेले टोकेपछि रोगको लक्षण देखिन ३ देखि ४ दिन सम्म लाग्न सक्छ । लामुट्टे पैदा हुन सक्ने स्थानहरु पहिचान गरी पानी जम्ने खाल्टाखुल्टी पुरेर यो रोगबाट बच्न सकिने चिकित्सकको सल्लाह छ । डेगुंको प्रकोप बढेसंगै डण्डकी प्रदेश सरकारले पनि विशेष सजकता अपनाएको छ । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले यसलाई रोकथाम गर्न जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिदै महानगरसँग मिलेर अघि बढ्ने बताए । अहिले लामखुट्टेको सिजन छ । बर्खायाम पानी जताततै जमेको हुन्छ । डेंगु सार्ने लामखुट्टेको विकास हुन सक्ने भएकोले आम नागरीक आफु स्वयम पनि सचेत हुन जरुरी देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, समाचार, स्वास्थ्य
ट्याग : #dengo
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्