अमेरिकी भिसा र ग्रीन कार्ड दिनमा कडाई गरिने
काठमाडौं २८ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न झन् कठिन पार्ने नीति ल्याउन लागेको छ।सो नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको बिबिसीले जनाएको छ। त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ। अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ। पब्लिक चार्ज रुलु नामक नियम सोमवार सङ्घीय रजिस्टरमा प्रकाशित भएको थियो। यो अक्टोबर १५ देखि लागु हुनेछ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #visha ma kadai
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन



तपाईको कमेन्ट लेख्नुहोस्