फेरि बढ्यो सुनको मूल्य, पुग्यो तोलाको ७० हजार
काठमाडौं २३ साउन । सुनको मूल्य इतिहासमै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा पाँच सय रुपैयाँले बढेर ७० हजार पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य तोला पनि पाँच सय रुपैयाँले बढेर ६९ हजार सात सय पुगेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार दुई सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार तीन सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा तीन हजार सात रुपैयाँ बढेको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #sun
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्