नख्खु कारागारमा झडप, एकको मृत्यु
ललितपुर १७ साउन । ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको हो । झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पूर्णबहादुर करणी मुद्दाका कारागारमा चलान भएका थिए । उनलाई ज्यान मुद्दाका कैदी पवनकुमार महतोले इँटाले टाउकोमा प्रहार गरेको बताइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #karagar ma jhadap
ताजा खबर
- १बालेन शाहले माघ ४ गते मेयर पदबाट राजीनामा दिने
- २चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै
- ३धनराज गुरुङले एक मिनेट बोल्ने बित्तिकै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
- ४विशेष महाधिवेशनबाट विद्रोह गरेको गगन थापाको जिकिर,दुवै महामन्त्रीका प्रतिवेदन पारित
- ५पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौंः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्