कक्षा १२ को नतिजा सार्वजनिक, ३.६१.४ जीपिए ल्याउने ३०६७
काठमाडौं १३ साउन । कक्षा १२ को नतिजा सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परिक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। ३.६१ देखि ४ जीपिए प्राप्त गर्ने ३ हजार ६७, ३.२१ देखि ३.६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । ५६ हजार पाँच सय ३ विधार्थीले २.४१ देखि २.८० सम्म जीपीए ल्याएका छन् भने २।०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ। १.६१ देखि २.०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १।२१ देखि १.१६ जिपीएसम्म ल्याएका छन्। ०.८१ देखि १।२० ल्याउने विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन्।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #12 exam
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्