कश्मीरमा मोदीले मध्यस्थता खोजेको ट्रम्पको दाबी
काठमाडौं ७ साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताएका छन्। तर, उनको उक्त भनाइलाई दिल्लीले तत्कालै खण्डन गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम रहेको देखेर आफूलाई आश्चर्य लागेको बताएको बिबिसीले जनाएको छ । उनले भने, ूयदि म सहयोग गर्न सक्छु भने म मध्यस्थकर्ता बन्न मन पराउँछु। यदि तपाईंहरू मलाई मध्यस्थता गरोस् भन्ने चाहनुहुन्छ भने म मध्यस्थता गर्न तयार छु । कश्मीरमा अस्थिरता बढ्दा बाँकी विश्व किन चिन्तित हुन्छ । उसले भारतले पाकिस्तानसँगका मुद्दाहरूलाई द्विपक्षीय रूपमा मात्र छलफल गर्ने निरन्तर अडान राख्दै आएको स्पष्ट गरेको छ। ह्वाइट हाउसमा पाकिस्तानी प्रधानमन्त्रीसँगको बैठकपश्चात् अमेरिकी राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई एक अर्ब डलर बराबरको सहायता दिन सकिने सुझाव दिएका छन्। गत वर्ष वाशिङ्टनले इस्लामाबादलाई दिँदै आएको सहायता कटौती गरेको थियो। ट्रम्प प्रशासनले यसअघि पाकिस्तानलाई आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाउने गरेको थियो।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #trump
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्