भक्तपुर जिल्ला फुटबल संघले गर्यो खेलमा झेल
भक्तपुर ५ साउन । भक्तपुर जिल्ला फुटबल संघले आधिकारीक निकायमा दर्ता नै नभएका क्लबलाई अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको जिल्ला लिगमा सहभागि गराएर आर्थिक अनियमिताता गर्ने गरेको पाइएको छ । पछिल्लो पटक ८ वटा बैधानिक क्लबलाई लिगमा सहभागी हुनबाट रोकेर अनाधिकृत क्लबलाई सहभागी गराएको पाइएपछि विगत लामो समयदेखीको अनियमितता बाहिरिएको हो । एन्फाले बार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा रहेका क्लबलाई सक्रिय बनाउँदै वर्गिकरण गर्ने उद्वेश्यले प्रतियोगिता आयोजना गर्दा जिल्ला फुटबल संघले सार्वजनीक विज्ञापन गर्नुपर्ने हुन्छ । सोही अनुसार भक्तपुर जिल्लामा रहेका क्लबहरु दर्ताका लागि सम्पर्कमा पुग्दा उल्टै संघले दर्ता गर्न नमानेर बैधानिक क्लबहरुलाई अनुसासनको कारबाही गर्ने घोषणा गरेको थियो । जिल्लामा सक्रिय क्लबले प्रतियोगिता खेल्न माग गर्दै एन्फामा निवेदन दिएपछि जिल्ला संघलाई बोलाएर क्लबहरुलाई सहभागी गराउन निर्देशन दिएपनि अहिलेसम्म बेवास्ता गर्दै आएको छ । यता, जिल्ला लिगका नाममा देखिएको यतिठूलो चलखेल र अनियमिततालाई छानविन गरेर कारबाही गर्नेतर्फ एन्फाका पदाधिकारी पनि तै चुप मै चुप छन् । जिल्ला लिगमा भएको चलखेल र अनियमितता बारे भक्तपुर फुटबल क्लब, सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्वप्रि फुटबल क्लब र द बेस्ट टिम एन्फाहुँदै अख्तियार र अदलातसम्म जाने तयारीमा छन् । यी हुन बैधानिकता पुरा नगरी भक्तपुर जिल्ला लिगको टाइसिटमा सहभागि गराइएका क्लबहरु ः
–सिद्वि गणेश
–स्विट सर्कल
–भक्तपुर नगरपालिका
–ख्वप युनाईटेड
–भक्तपुर युवा टिम
–भक्तपुर युथ एफसी
जिल्लाका अन्य क्लबलाई सहभागी हुन नदिने उद्वेश्यले दर्ता शुल्क नै २५ हजार रुपैयाँ राखेको फुटबल संघले उल्टै प्रतियोगिता नियमावलीमा किर्ते गरेर टिम क्लब दर्ता शुल्क र धरौटी शुल्क थपेको पाइएको छ । आर्थिक चलखेलमा अनाधिकृत क्लबलाई प्रतियोगितमा सहभागी गराएर बैधानिक क्लबलाई निरुत्साहित बनाउने भक्तपुर जिल्ला फुटबल संघ, यसका पदाधिकारी र यो झेलमा सघाउने एन्फाका पधाधिकारीमाथी आवश्यक छानविन र कारबाही हुनैपर्छ । यो बिबादले देशभरका अधिकांश जिल्लामा जिल्ला लिग सम्पन्न भइसक्दा असार २६ गते हुने भनिएको भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता समेत प्रभावित हुँदैआएको छ । एन्फाका अधिकाश सदस्य जिल्लाले नाम मात्रको जिल्ला प्रतियोगिता सञ्चालन गर्दै केन्द्रबाट पठाएको रकम पचाउदै आएका छन भन्ने दरिलो उदाहरण पनि हो, भक्तपुर फुटबलको बिवाद । आफू निकटलाई राखेर कागजमा मात्र क्लब गठन गर्ने र त्यही बलमा जिल्ला निर्वाचन जितेर केन्द्रमा स्वार्थ लिन पल्केकाहरु जो कोही भएपनि कारबाहीको दायरामा आउनैपर्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्