Techie IT
  • ६ भदौ २०८२, शुक्रबार

स्थानीय तहमा दरखास्त दिने म्याद थपियो


काठमाडौं ३ असार । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीकाअनुसार सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ ।

दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । लोक सेवा आयोगले स्थानीय तहमा ९ हजार १६१ जनाको लागि भर्ना खोलेको छ । तर यो विज्ञापन समावेशी नभएको भन्दै बिरोध भइरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #loksewa aayog

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं