बढुवा भयो एस्टन भिल्ला प्रिमियर लिगमा

काठमाडौं १४ जेठ । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले–अफ फाइनलमा डर्बी काउन्नटीलाई पराजित गर्दै एस्टन भिल्लाले बढुवा पक्का गरेको हो । सोमबार राति भएको प्ले–अफमा एस्टन भिल्लाले डर्बी काउन्टीलाई २–१ ले पराजित गरेको हो । भिल्लाको जितमा अनवर एल गाजी र जोन म्याकजिनले गोल गरे । डर्बीका लागि माटिन वाग्हर्नले एक गोल फर्काएका थिए । एस्टन भिल्ला तीन सिजनपछि पुनः प्रिमियर लिगमा फर्किएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्