अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ १० जेठ । देशको पहाडी भूभागहरूमा शुक्रबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपरान्हपछि सामान्य बदली भई थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको हो । देशका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदको भनाई छ । देशका अधिकांश भूभागमा शुक्रबार राति पनि आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी तथा मध्य क्षेत्रका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #mausam
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्