म्यानचेस्टर सिटीको ह्याट्रिक, १ सय १६ वर्षपछि सानदार जित
काठमाडौं ५ जेठ । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ । काराबाओ कप अर्थात लिग कप र प्रिमियर लिगको उपाधि जितेको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि सानदार जितेको हो । शनिबार राति भएको फाइनलमा वाट्फोर्डमाथि शानदार जित निकाल्दै म्यानचेस्टर सिटीले उपाधि पाएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि गाब्रिएल जिसस र रहिम स्ट्रर्लिङ्गले दुई–दुई तथा डेविड सिल्भा र केविन डी ब्राउनले एक–एक गोल गरेका थिए । सिटीले १ सय १६ वर्षपछि एफए कपमा सबैभन्दा फराकिलो जित निकालेको हो । सन् १९०३ मा एफए कप फाइनलमा बरीले डर्बीलाई ६–० ले हराएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्