नेपालगञ्जमा आठौँ राष्ट्रिय खेलकुद, औपचारिक उद्घाटन राष्ट्रपतिबाट

बाँके ५ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिताका केही खेल गत चैत २७ गतेदेखि सञ्चालन भइरहेका छन् । औपचारिक रुपमा प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ६ बजे नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा गर्ने कार्यक्रम छ । प्रत्येक दुई–दुई वर्षमा हुने प्रतियोगिता पहिलो पटक निरन्तर सञ्चालन भइरहेको छ । सातौँ प्रतियोगिता २०७३ सालमा प्रदेश १ मा भएको थियो । करिब एक अर्ब लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । करिब ११ करोड अझै पनि उपलब्ध भएको छैन् । प्रतियोगितामा पुरुषतर्फ दुई हजार ८२५ तथा महिलातर्फ दुई हजार ३८६ खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा पहिलो पटक गैरनेपाली आवासीय सङ्घ एनआरएन को समेत सहभागिता रहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्