फ्रान्सेली ८५० वर्ष पुरानो ऐतिहासिक चर्चमा आगलागी
काठमाडौं ३ बैशाख । फ्रान्सको राजधानी पेरिसमा रहेको ८ सय ५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित रहेको चर्चमा आगलागी भएको छ । विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा भिषण आलागी भएको हो । चर्चको पूरै भवनमा आगो फैलिएको छ । अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासमा लगातार जुटिरहेका छन् । आगलागीको कारण खुलेको छैन, तर चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यहि क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ । आगोका कारण यो गिरिजाघरको जुरो र छत खसेको छ । गएको वर्ष चर्चित क्याथोलिक चर्चको रक्षाका लागि सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । निकै पुरानो भएका कारण चर्चको भवन जीर्ण बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्