फ्रान्सेली ८५० वर्ष पुरानो ऐतिहासिक चर्चमा आगलागी
काठमाडौं ३ बैशाख । फ्रान्सको राजधानी पेरिसमा रहेको ८ सय ५० वर्ष भन्दा पुरानो र विश्वभर चर्चित रहेको चर्चमा आगलागी भएको छ । विश्व चर्चित चर्च नोट्र डाम क्याथेड्रलमा भिषण आलागी भएको हो । चर्चको पूरै भवनमा आगो फैलिएको छ । अग्निनियन्त्रकहरु आगो नियन्त्रणमा लिने प्रयासमा लगातार जुटिरहेका छन् । आगलागीको कारण खुलेको छैन, तर चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो र यहि क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ । आगोका कारण यो गिरिजाघरको जुरो र छत खसेको छ । गएको वर्ष चर्चित क्याथोलिक चर्चको रक्षाका लागि सर्वसाधारणसँग आर्थिक सहयोगका लागि अपिल गरिएको थियो । निकै पुरानो भएका कारण चर्चको भवन जीर्ण बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्