आइपिएल शनिबारबाट सुरु हुदै, विराट र धोनीको पहिलो प्रतिष्पर्धा

काठमाडौं ९ चैत । ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विश्वको सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धाका रुपमा हेरिएको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको १२ औँ संस्करण शनिबारदेखि सुरु हुन लागेको छ । यो सिजनको सुरुवात गएको सिजनको विजेता चेन्नई सुपुर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिचको खेलबाट सुरुवात हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले सन् २०१०, २०११ र २०१८ गरि तीनपटक आइपिएल च्याम्पियन बनेको थियो । सन् २००८, २०१२, २०१३ र २०१५ गरि चारपटक चेन्नई उपविजेता बनेको हो । सात पटक आइपिएलको फाइलन खेल्ने चेन्नई एक मात्र टिम हो। सफलताको स्वाद लिएको चेन्नई सबैभन्दा विवादित पनि बन्यो । चेन्नईमाथि सन् २०१६ र २०१७ मा खेल मिलेमतोको आरोप लाग्यो । मालिक खेल मिलेमतोमा सामेल भएको आरोपमा दुई वर्ष टिममाथि प्रतिबन्ध लाग्यो । गएको वर्षको विजेता चेन्नई आफ्नो मैदान एमए चिदाम्बरम रंगशालमा भारतीय टिमका कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धाका लागि उत्रिँदा गएको वर्षको याद रहनेछ । धोनीले आफ्नो बलबुतामा गएको वर्ष टिमलाई च्याम्पियन बनाएका थिए । चेन्नईमा धोनीसहित आइपिएलका सफल ब्याट्सम्यान सुरेश रैना, फाप डुप्लेसिस, अम्बाती रायडू, मुरली विजयी र साम बिलिङ्गसहितका खेलाडी छन् । यस्तै केदार धाजव, ड्वेन ब्रावो, रवीन्द्र जडेजा र शेन वाट्सन जस्ता खेलाडी पनि छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #khel
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्