नेपाली कांग्रेस नेता सिटौला अस्पताल भर्ना,आईसीयुमा उपचार हुँदै

काठमाडौं ८ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौला अस्वस्थ भएर शुक्रबार बिहान हेम्स अस्पताल भर्ना भएका हुन् । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाको आईसीयुमा राखेर उपचार भइरहेको छ । सिटौला निकट एक नेताका अनुसार सिटौलामा हेमोग्लोबिनको कमी देखिएको छ भने अन्य स्वस्थ्य परीक्षण भैरहेको छ । सिटौलालाई अस्पताल पुगेर अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापा, प्रदिप पौडललगायतका नेताहरुले भेटेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्