नक्कली सुन बिक्री गरी ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं ७ चैत । नक्कली सुन बिक्री गरी ठगी गर्ने ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरेको हो । विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकालाई ठगी एवं खोटाचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्