अन्तिममा विजयी गोल,सुरुमा रेड कार्ड
काठमाडौं ३ चैत । खेलको सुरुमै १० खेलाडीमा सीमित भएको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा जित निकालेको छ । खेलको सुरुवात गोलबाट नभई रातो कार्डबाट भएपनि अन्त्यमा जित निकालेको हो । अवे मैदानमा भएको खेलमा चौथो मिनेटमा ह्यारी मग्वायर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो । ह्यारीले बनर्लीका योहान बेर्ग गुडमुन्डसनलाई लडाए । गोलका लागि अगाडि बढेका योहानलाई लडाएकाले ह्यारीले रातो कार्ड पाए ।
३३ औँ मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ३८ औँ मिनेटमा घरेलु टोली बर्नलीका लागि ड्वाइट म्याकनिलले बराबरी गोल गरे । लेस्टर सिटीका लागि ९० औँ मिनेटमा वेस मोर्गानले विजयी गोल गरे । जितपछि १० औँ स्थानको लेस्टर सिटीको ३१ खेलबाट ४१ अंक भएको छ । यस्तै शनिबार राति नै भएको खेलमा वेष्ट ह्यामले हडर्ल्सफिल्ड टाउनलाई ४–३ ले हरायो भने बोर्नमाउथ र न्युक्यासलले २–२ को बराबरी खेलेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्