नेकपा र कांग्रेस कार्यकर्ताले पनि गरे पूर्वराजालाई स्वागत
उदयपुर २ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले उदयपुरको गाईघाटस्थित राधाकृष्ण मन्दिरमा पुजाअर्चना गरेका छन् । जनकपुरबाट आफैं गाडि चलाएर गाईघाट पुगेका शाहलाई पूर्वमन्त्री हरिबहादुर बस्नेत, राप्रपा नेता राजन गुरुङसतिह नेपाली कांग्रेसका स्थानीय जनप्रतिनिधि तथा कार्यकर्तादेखि नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए। उनको स्वागतमा ठूलो संख्यामा शुभेच्छुकहरु पुगेका थिए ।
त्यसअघि जनकपुरबाट गाईघाट जाने क्रममा पनि उनलाई ठाउँ ठाउँमा स्वागत गरेका थिए। जनकपुरबाट साढे दुई घण्टा आफैं गाडि चलाएर शाह गाईघाट पुगेका थिए। गाईघाटको राधाकृष्ण मन्दीरमा उनलाई स्वागत गर्नेको ठूलो भीड थियो ।
पछिल्लो समय पूर्व राजा शाह देशव्यापी धार्मिक भ्रमणमा निस्किएका छन्। यसपछि उनी सप्तरी जाने कार्यक्रम रहेको छ।
शुक्रबार जनकपुरमा उनले मधेस र मधेसी बारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्