पूर्वराजा शाह उदयपुरमा
उदयपुर २ चैत । मध्य तराईको भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार गाईघाट पुगेका छन् । शाहले गाईघाटको बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्न आएका हुन्। राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व(राजा शाहले पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । ‘स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाटलगायत स्थानमा गेट र व्यानरले सजाइएको छ । पूर्व राजा शाहले दिउँसो २ बजे पूजा पाठ गर्ने कार्यक्रम छ।’ ‘पूर्वराजा शाह पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उनलाई स्थानीयवासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठन स्वागतमा जुटेका छन्। राधाकृष्ण मन्दिरलाई सिँगारिएको छ। पूर्व(राजा शाह उदयपुरमा करिब २ घण्टासम्म रहने कार्यक्रम तय भएको बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको आन्तरिक तयारीमा जुटेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्