इयुबाट बाहिरिने प्रस्ताव बेलायती संसदमा अस्वीकृत
काठमाडौं ३० फागनु । बेलायतको संसदले युरोपियन युनियनबाट बिना कुनै सम्झौता बाहिरिने प्रस्ताव पनि अस्वीकृत गरेको छ । प्रधानमन्त्री टेरिजा मे को प्रस्तावको पक्षमा ३ सय ८ तथा विपक्षमा ३ सय १२ मत परेको हो । यसअघि मंगलबार युरोपिन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव अर्थात ‘ब्रेक्सिट डिल’ दोस्रो पटक संसदमा अस्वीकृत भएको थियो । ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ३ सय ९१ तथा पक्षमा २ सय ४२ मत परेको परेको थियो । त्यसअघि जनवरी १५ मा भएको मतदानमा ब्रेक्सिट सम्बन्धी प्रधानमन्त्री मे को योजनाको विपक्षमा ४ सय ३२ सांसदले मत दिएका थिए । त्यो बेला उनको योजनाको पक्षमा २ सय २ सांसदले मत दिए । दोस्रो पटकको प्रयास पनि असफल भएपछि बिना कुनै सम्झौता इयुबाट बाहिरिने प्रस्तावमा संसदमा मतदान भएको हो । तर, त्यो प्रस्ताव पनि चार मतले पराजित भयो । कानुनी रुपमा अझै पनि बेलायत इयुबाट बाहिरिने आधार छन् । तर सांसदले ब्रेक्सिट रोक्का लागि मतदान गर्न सक्ने छन् । यसबारे बेलायती संसदमा बिहीबार मतदान हुनेछ । यो प्रस्ताव पारित भएमा बेलायत पूर्व निर्धारित मार्च २९ देखि इयुबाट बाहिरिने छैन।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्