८ सन्तानका पिता बने म्याराडोना
काठमाडौ २५ फागनु । अर्जेन्टिनाका फुटबल लेजेण्ड डिएगो म्याराडोना ८ सन्तानका पिता बनेका छन् । उनले क्युवाबाट तीन बालबालिका एडप्ट्ड गरेका छन् । म्याराडोनाले क्युवाका तीन बालबालिकाको अभिभावकत्व लिएको उनका वकिलले पुष्टि गरेका छन् । विश्वकप विजेता ५८ वर्षका म्याराडोनाले यसअघि एकपटक पूर्व श्रीमतीसँगका सन्तान बाहेक अरु सन्तान नहुने बताएका थिए । म्याराडोना सन्तान एडप्ट्ड गर्नका लागि हवाना गएको र यो वर्षको अन्त्यतिर आफ्ना थप भएका तीन सन्तान सार्वजनिक गर्ने वकिल मातिएस मोर्लाले बताएका छन् । दुई आमाबाट जन्मिएका बालबालिकाले म्याराडोनाको नाम जोड्न पाउने छन् । कोकिनको लत छुटाउने क्रममा म्याराडोनाले सन् २००० देखि २००५ सम्म धेरै समय क्युवामा बिताएका थिए । त्यस क्रममा उनी तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोका साथी बनेका थिए । म्याराडोनाले क्यास्ट्रोको अनुहारको ट्याटु आफ्नो गोडामा बनाएका छन् ।
म्याराडोनाले क्लाउडिया भिलाफेनीबाट जन्मिएका जिएन्निना र डाल्मामात्रै आफ्नो सन्तान रहेको बताएका थिए । २० वर्षको वैवाहिक जीवनपछि सन् २००३ मा क्लाउडिया र म्याराडोनाको सम्बन्ध बिच्छेद भएको थियो ।तर त्यसपछि म्याराडोनाले डिएगो जुनिएर र जानालाई उनीहरुका आमासँग कानुनी लडाईँ जितेर अपनाएका थिए । यस्तै भेरोनिका ओजेडासँगको सम्बन्धबाट म्याराडोनाले अर्को सन्तान जन्माएका छन् । उनका छोरा डिएगो फेर्नान्डो ६ वर्षका भए ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #hot
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्