सरकार र ग्याँस उद्योगीबीच तीन बुदे सहमति

काठमाडौं २१ फागुन । ग्याँस बिक्रीमा कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगी रसरकारबीच ३ बुँदे सहमति भएको छ । ३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै आन्दोलन पनि स्थगित भएको छ । उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ । यस्तै पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति पनि भएको छ ।
के के भयो त सहमति
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्