अमेरिकी राष्ट्रपति ‘ट्रम्प पछिल्लो समयका खतरनाक
न्युयोर्कको ब्रुकलिनमा भएको कार्यक्रममा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा प्रहार गर्दै पछिल्लो समय खतरनाकको संज्ञा दिएका छन् । अमेरिकी सिनेटर बर्नी सान्डर्सले सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि आफ्ना उम्मेदवारीको अभियान सुरु गरेका छन् । सान्डर्सले राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको औपचारक अभियान गरेका हुन् ।
सान्डर्सले ट्रम्प अमेरिकाको पछिल्लो इतिहासका सबैभन्दा खतरनाक राष्ट्रपति रहेको बताए । भर्मोन्टका स्वतन्त्र सिनेटर सान्डर्सले सन् २०१६ को चुनावका लागि डेमोक्र्याटिक पार्टी भित्रको उम्मेदवारी होडमा पछि परेका थिए । डेमोक्र्याटिक पार्टीबाट त्यो बेला सान्डर्स र हिलारी क्लिन्टन उम्मेदवारी होमा थिए र क्लिन्टनले उम्मेदवारी पाइन् । ब्रुकलिनमा भएको कार्यक्रममा सान्डर्सका समर्थकको ठूलो उपस्थिति थियो । डेमोक्र्याटिक पार्टी भित्र अरु १० जनाभन्दा बढीले पनि उम्मेदवारीमा आफ्नो होड प्रस्तुत गरेका छन् । त्यसमध्ये मासाचुसेस्ट्सकी सिनेटर एलिजाबेथ वारेन, न्यु जर्सीका सिनेटर कोरी बूकर तथा टेक्सासको सन एन्टोनिओका मेयर जुलियन क्यास्ट्रो पनि छन् ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्