कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास
काठमाडौं १३ असार । नेपाल इपीएस सेन्टरले गत जेठ २६ र २७ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनकि गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस कोरिया जानेको लागि लिइएको कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका हुन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । तर, भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागि भएका थिए । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा सहभागी भएका थिए। जसमा ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #koriyan rijalta
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्