प्रेम प्रकाश ओलीले दिए काङ्ग्रेस केन्द्रीय सदस्य पदमा उम्मेद्बारी
काठमाडौं । नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कर्णाली प्रदेश (भूगोलतर्फ) खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन ।
उनी सहिद हरिभक्त ओलीका एकमात्र छोरा हुन । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट हत्या गरिएका नेपाली कांग्रेस रुकुमका नेता तथा तत्कालीन जिल्ला विकास समितिका सभापति हरिभक्त ओली हुन् ।
बुबा हरिभक्त ओलीको त्याग, संघर्ष र राजनीतिक आदर्शलाई आत्मसात् गर्दै प्रेमप्रकाश ओली लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
ओलीले यसअघि दुई पटक नेपाली कांग्रेस रुकुमको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका छन् र हाल पनि उहाँ नेपाली कांग्रेस रुकुम पश्चिमको सभापतिको जिम्मेवारीमा छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्