Techie IT
  • १६ साउन २०८३, शनिबार
KhojPatrika

नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले संस्थापक विपी कोइरालाका कान्छा छोरा डा. शशांक कोइरालालाई अघि सारेर शक्ति प्रर्दशन गर्ने रणनीति बनाएको छ । विशेष महाधिबेशनपछि सभापति गगन थापाले सहमतिका लागि आफ्ना माग सम्बोधनका लागि कुनै कदम नचालेको भन्दै पटक–पटक पार्टी फुटाउने अल्टिमेटम दिइरहेको इतर समूहले शक्ति प्रर्दशनका लागि विपीका छोरा शंशाकलाई नै अघि सारेको हो ।

यसअघि प्रदेशहरुमा भेलादेखि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोलेर निर्वतमान सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिबेशन पक्षधर अर्थात् अहिलेको कार्यसमितिलाई दवाव दिइरहेको थियो । तर, दुबै पक्ष आ–आफ्ना अडानबाट पछि नहटेपछि सहमति जुट्न सकेन ।

पार्टी एकढिक्का हुन नसक्नुको दोष इतर पक्षले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई दिएका छन् । इतर समूहमा अहिले देउवा पक्षको नेतृत्व निवर्तमान कार्यबाहक सभापति पुर्णबहादुर खड्काले गरिरहेका छन् । अर्कोतर्फ नेता डा. शेखर कोइराला पनि इतर समूहकै कार्यक्रममा सहभागि हुँदै आएका छन् ।

चुनदेवी नपुगेपनि शेखर गगनको बिपक्षीमा रहेर आफ्ना माग ते¥याइरकेका छन् । पूर्णबहादुर खड्का र शेखर कोइराला आफू पन्छिएर शशांकलाई नै अघि सारेर बलियो भएको देखिन चाहेका छन् ।

पूर्वमहामन्त्री समेत रहेका डा. शशांक कोइरालालाई संयोजक बनाएर इतर समूहले ५ सय ५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ । कांग्रेस संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरेको थियो ।

भेलामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी, महानगर तथा नगर सभापति सहभागि हुने बताइएको छ ।

राष्ट्रिय भेला व्यवस्थित गर्न समिति र नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न १६ वटा विषयगत समिति गठन गरिएको छ । जसअन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयारी समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति छन् ।

व्यवस्थापकीय जिम्मेवारीका लागि प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य समिति लगायत निर्माण गरिएको छ ।

राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको भन्दै वार्ता र संवादको माध्यमबाट सहमतिमा पुग्न सकिने प्रशस्त सम्भावनाहरू रहेको दाबी देउवा पक्षले गरेको छ ।

पार्टीको मत २७ लाखबाट घटेर १६ लाखमा झरेको र सिट संख्या ८९ बाट ३८ मा खुम्चिएको कांग्रेसभित्रको किचलो फुट उन्मुखतिर लम्किरहेको छ । वर्तमान कार्यसमिति र इतर समूह सहमतिका लागि लचक नहुँदा समस्या बल्झिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं