Techie IT
  • १४ साउन २०८३, बिहीबार
KhojPatrika

राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै


काठमाडौं । राहदानी बनाउन सेवाग्राहीको संख्या बढ्दै गएपछिराहदानी विभागले बिहीबारदेखि सेवाप्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन बिहानदेखि रातिसम्म सेवा प्रदान गरिरहेको छ ।

विशेषगरी विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिने सेवाग्राहीको संख्या बढ्दै गएपछि विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै नियमित समयभन्दा थप समय सेवा सञ्चालन गरेको हो ।

विभागले सेवाग्राहीको बढ्दो संख्यालाई व्यवस्थापन गर्न दुई सिफ्टमा सेवा सञ्चालन गर्दै आएको छ । बिहानको समयमा सेवा सुरु गरी रातिसम्मै सेवा प्रदान गरिँदा सेवाग्राहीले आफ्नो आवेदनमा तोकिएको मिति र समयमा विभागमा उपस्थित भई सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

गत हप्तादेखि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) लगायत विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने सेवाग्राहीको संख्या बढेपछि विभागमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेको छ ।

यसलाई मध्यनजर गर्दै विभागले सेवा प्रवाहको समय विस्तार गरी बढीभन्दा बढी सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ ।

विभागका अनुसार सेवाग्राहीको चापलाई ध्यानमा राख्दै राहदानी आवेदन, विवरण संकलन तथा अन्य आवश्यक प्रक्रियालाई सहज र छिटो बनाउन जनशक्ति तथा सेवा प्रणालीलाई परिचालन गरिएको छ । विभागले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न तथा आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।

तोकिएको समयभन्दा अगाडि वा पछि अनावश्यक रूपमा विभागमा उपस्थित हुँदा भीड बढ्ने र सेवा प्रवाहमा समेत असर पर्न सक्ने भएकाले निर्धारित समयको पालना गर्न विभागले आग्रह गरेको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्दै राहदानी सेवा सहज, सरल, छिटो र प्रभावकारी बनाउने उद्देश्यले आवश्यकताअनुसार सेवा समय तथा व्यवस्थापनमा सुधार गर्दै जाने विभागले जनाएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं