सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनाको बारेमा सबै दलहरूले एउटा संयुक्त अपिल गरिने बताएका छन् ।
बुधबार सिंहदरबारमा रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन् तर यस्तो बेला हामी एकै ठाउँमा उभियौं । सबै दलको एउटा अपिल छिट्टै आउँछ ।’
लामिछानेले यो बैठक दलहरूको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि भएको बताए । बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले आफ्नो धारणा र मार्गनिर्देशन राखेको सभापति लामिछानेले बताए ।
उनले सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले बैठकमा सहभागी भएको जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्