हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
काठमाडौं । रास्वपा सांसद विश्वराज पोखरेलले एक जना हेडसरलाई स्वागतका लागि नआएको भन्दै थर्काएको भिडियो यतिबेला भाइरल भइरहेको छ ।
भिडियोमा रास्वपा सांसद पोखरेलले हेडमास्टरले विद्यालय गेटसम्म स्वागत गर्न नआएको विषयमा असन्तुष्टि व्यक्त गरेको भाइरल भएको हो । जसको चौचर्फी आलोचना भइरहेको छ ।
पूर्वशिक्षामन्त्री रहेका सांसद महावीर पुनले रास्वपा सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै थर्काएको भिडियो शेयर गर्दै कडा टिप्पणी गरेका छन् ।
सोही भिडियोप्रति प्रतिक्रिया जनाउँदै पुनले सामाजिक सञ्जालमार्फत सांसदको व्यवहारप्रति आपत्ति जनाएका हुन् । पुनले लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नि ? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ ।’
उनले भनेका छन्, ‘बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्यो त ।’
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्